तपाईँ सुन्दै हुनुहुन्छः

लागुऔषध सहित दुई जना पक्राउ

झापा । झापाको शिबसताक्षी नगरपालिका ११ स्थित राजमार्गबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेमा दमक ८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन ।

टेम्पोमा आएका उनीहरुलाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उनीहरुका साथबाट डाईजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button