लुम्बिनी प्रदेशमा आइपुग्यो कोरोनाविरुद्धको खोप
रुपन्देही।लुम्बिनी प्रदेशको लागि कोरोनाविरुद्धको खोप बुटवल आइपुगेको छ । ३९ हजार ४ सय ९५ जनाको लागि आइतबार मध्यरात खोप बुटवल आइपुगेको र जिल्ला जिल्लामा पठाउने तयारी गरिएको लुम्बिनी प्रदेशको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।
भारत सरकारले उपलब्ध गराएको ८७ हजार ६ सय ७९ डोज लुम्बिनी प्रदेशमा आएको हो । त्यसमध्ये सबैभन्दा बढी रुपन्देहीको लागि ३३ हजार ४ सय २० डोज छुट्याइएको छ ।अहिले कोरोनाविरुद्धको खोप बुटवलको नेपालगञ्ज रोडमा रहेको आपूर्ति व्यवस्थापन केन्द्रमै आवश्यक चिस्यान मापन गरेर राखिएको छ ।
खोप कार्यान्वयनको सम्बन्धमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र लुम्बिनी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा स्वास्थ्यसँग सम्बन्धीत नियकायहरुका बीचमा भर्चुअल माध्यमबाट छलफल भएको थियो ।
संघीय सरकारबाट जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुखहरु, अस्पतालका मेडिकल सुपरिटेण्ड, खोप अधिकृत तथा खोप सुपरभाइजरमार्फत छलफल गर्ने सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा. पुष्पराज पौडेलले जानकारी दिनुभयो । प्रदेशका जिल्लाहरुमा यही माघ १४ गतेदेखि तराईका ६ जिल्लामा वितरण गरिने छ भने १८ गते पहाडी जिल्लामा खोप अभियान सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्