तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा विघटनविरुद्धका रिटमा बहस जारी

काठमाडौं ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा आज पनि सुनुवाइ जारी छ ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा माघ ४ गतेदेखि जारी सुनुवाइमा आज पनि रिट निवेदक तर्फका कानुन व्यवसायीहरूकै बहस जारी छ ।
हिजोको वरिष्ठ अधिवक्ता शम्भु थापा र अर्का अधिवक्ता मेघराज पोखरेलले निवेदकका तर्फबाट वहस गर्नुभएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनमा माघ ४ गतेदेखि एकसाथ सुनुवाइ गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button