तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर पल्टिदा चालकको मृत्यु 

जनकपुरधाम । धनुषामा आफैले चलाएको ट्याक्टर पल्टिदा किचिएर चालकको मृत्यु भएको छ ।

धनुषाको विदेह नगरपालिका वडा नं १ ठाढी प्रहरी चौकी नजिकै आज ११:३० बजे ना १ त ७५८० ट्याक्टर पल्टेर दुर्घटनाग्रस्त हुँदा चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा विदेह नगरपालिका वडा नं ३ गोबराही बस्ने ३० वर्षीय विनोद महरा रहेको सीमा प्रहरी चौकी दुहबीका प्रहरी नायव निरीक्षक हिलम कुमार सिंहले जानकारी दिनु भएको छ ।

आज बिहान साढे ११ बजे माटोलिन विदेह नगरपालिकाको ठाढीबाट दुहबी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको थियो । ट्याक्टर पल्टिदा स्टेरिङले च्यापिएर चालक महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button