महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला फुटबल सुरु
कञ्चनपुर । कञ्चनपुर जिल्ला फुटबल सङ्घ र सुदूरपश्चिम प्रदेश फुटबल सङ्घको समन्वय तथा महेन्द्रनगर युनाइटेड क्लबको आयोजनामा सोमबारदेखि कञ्चनपुरको महेन्द्रनगरमा प्रथम युनाइटेड खुल्ला आमन्त्रण फुटबल प्रतियोगिता २०७७ सुरु भएको छ ।विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ ले थला परेको खेलकुद क्षेत्रलाई पुनर्जागरण गर्न र फुटबल क्षेत्रको विकास गर्ने उद्देश्यका साथ महेन्द्रनगरको खुल्ला मञ्चमा प्रतियोगिता सञ्चालन गरिएको प्रतियोगिताका संयोजक महेन्द्र चन्दले बताउनुभयो ।
नकआउट आधारमा खेलाइन लागिएको प्रतियोगितामा विजेता हुने टिमले नगद १ लाख पुरस्कार र उपविजेता हुने टिमले ५० हजार पुरस्कार पाउने छ ।








प्रतिक्रिया राख्नुहोस्