ब्राउन सुगरसहित पक्राउ परेका एकजना प्रहरीद्वारा सार्वजनिक
कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले ब्राउन सुगरसहित पक्राउ परेका एकजनालाई आज सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका वडा नम्बर १ स्थित सार्थक प्यालेस होटेलबाट हिजो पक्राउ परेका बैतडीको डिलासैना गाउँपालिका वडा नम्बर १ का २८ वर्षीय पुरन कोटारीलाई सार्वजनिक गरेको हो ।
उनको साथबाट प्रहरीले २४.५४ ग्राम लागु औषध खैरो हिरोइन, १७ हजार ७ सय नगद र २ थान मोबाइल पनि बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिनुभयो ।
कोटारीमाथी लागूऔषध शीर्षकमा मुद्धा दर्ता गरी अनुसन्धान शुरु गरिएको प्रवक्ता विष्टले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्