तपाईँ सुन्दै हुनुहुन्छः

नेकपाद्वारा कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाले यही माघ २३ गते काठमाडौँमा गर्ने विशाल जनसभालाई सफल बनाउन नेता कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनसभा परिचालन कमिटी गठन गरेको छ ।

माघ २३ गते काठमाडौँमा गर्न लागिएको प्रदर्शनबारे जानकारी दिन आज पार्टी कार्यालय धुम्बराहीमा आयोजित पत्रकार सम्मेलनमा नेता श्रेष्ठको संयोजकत्वमा गठित जनसभा परिचालन कमिटी १ हजार १ सय ११ सदस्यीय रहेको बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्द प्रसाद पोखरेलले बताउनुभयो ।

बागमती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष पोखरेलले जनसभा राजधानीस्थित रत्नपार्कमा आयोजना हुने र जनसभा मार्फत मुलुकको वास्तविक राजनीतिक अवस्थालगायत समसामयिक विषयमा पार्टी शीर्ष नेताहरूबाट जानकारी गराइने बताउनुभयो ।उहाँले जनसभालाई सफल बनाउन पार्टीका विभिन्न तप्कालाई आ आफ्नो क्षेत्रबाट विशेष भूमिका निर्वाह गर्न आग्रह गरिएको पनि बताउनुभयो ।

पत्रकार सम्मेलनमा पार्टी एकताका सम्बन्धमा पत्रकारहरूको एक जिज्ञासामा नेकपाका नेता एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले कात्तिक २८ गते पार्टी अध्यक्षका रुपमा रहनु भएका पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्षलाई जुन गम्भीर आरोप लगाउनु भएको छ, त्यो आरोप पत्र फिर्ता लिए र घोषित निर्वाचनमा सहभागी हुन सहमत भए पार्टी एकता हुनसक्ने बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले निर्वाचन आयोगको निर्णयलेले पार्टी एक रहेको भन्ने सन्देश दिएको र आफूहरू पार्टी फुटको पक्षमा नरहेको पनि बताउनुभयो ।

नेकपाका नेता एवं उपप्रधानमन्त्री पोखरेलले माघ २३ गते काठमाडौँमा गर्न लागिएको प्रदर्शन तथा जनसभा राजनीतिक स्थिरताको पक्षमा रहेकाले यो कसैको विरुद्ध नभई गलत प्रवृत्तिका बिरुद्धमात्र हुने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button