सुदूरपश्चिम प्रदेशमा १६ हजारलाई कोरोना भाइरस बिरुद्धको खोप दिइने
धनगढी।सुदूरपश्चिम प्रदेशमा करिव १६ हजारलाई कोरोना भाइरस बिरुद्धको खोप दिइने भएको छ । संघीय सरकारले १६ हजार २ सय ९३ जनालाई दिने गरि कोरोना बिरुद्धको खोप पठाएको र उक्त खोप आजसम्म धनगढी पुगीसक्ने सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मत्रालयले जनाएको छ ।
मत्रालयका स्वास्थ्य महाशाखा प्रमुख एंव प्रवक्ता नरेन्द्रसिह कार्कीले यहि माघ १४ देखी खोप दिन शुरु गरिने भएकाले अहिले त्यसका लागी आवश्यक तयारी थालिएको बताउनुभयो । उहाले पहिलो चरणमा स्वास्थ्यक्रर्मी, महिला स्वास्थ्य स्वयम सेविका लगायत गरि १६ हजार २ सय ९३ जनालाई कोरोना भाइरस बिरुद्धको खोप दिइने जानकारी दिनुभयो ।
कोरोना भाइरस बिरुद्धको खोप दिनका लागी सेती प्रादेशिक अस्पताल सहित १० वटा केन्द्र तोकिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्