सुनको मूल्य घट्यो

काठमाडौं । आज पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ ।सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा २ सयले घटेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुनको मूल्य तोलाको ९१ हजार ९ सय रुपैयाँ रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य भने यथावत् रहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार २ सय ६० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्