तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओली आज दाङ जानुहुँदै

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ जाँदै हुनुहुन्छ । दाङ देउखुरीस्थित राप्ती नदीमा बनेको नेपालको दोस्रो लामो पुल उदघाटन गर्न प्रधानमन्त्री ओली दाङ जान लाग्नु भएको हो ।

राप्ती गाउँपालिकाको सिसहनीया र गढवा गाउँपालिकाको महादेवा जोड्ने यो पुल कोठियाघाटपछिको सबैभन्दा लामो हो । करीव एक अर्ब लागतमा निर्माण भएको पुल २०७३ साल मंसिरबाट निर्माण शुरु भएको थियो ।

पुल उद्घाटनपछि लालमटीयामा आयोजना गरिएको जनसभालाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button