सप्तरीमा ट्याक्टरबाट लडेर एक बालकको मृत्यु

सप्तरी । सप्तरीको खडक नगरपालिकामा आइतबार साँझ ट्याक्टरबाट लडेर एक बालकको मृत्यु भएको छ । खडक नगरपालिका–९ लालपट्टीस्थित कल्याणपुर–फुलबडीया हुँदै बनौली आवत–जाबत गर्ने भित्री सडक खण्डमा गुडिरहेको स १ त ७३८८ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँका दुर्गा भगतको छोरा १२ वर्षीय विशाल भगतको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
फुलबडियाबाट उत्तर कल्याणपुरतर्फ जाँदै गरेको ट्याक्टरमा सवार बालक ट्याक्टरबाट खसी गम्भिर घाइते भएपछि उपचारका लागि स्थानिय एडभान्स सुरक्षा अस्पताल कल्याणपुरमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि राजविराज ल्याउने क्रममा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका डीएसपी भुवनेश्वरप्रसाद साहले बताउनुभयो ।
पोष्टमार्टमका लागि शवलाई गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा राखिएको छ । ट्याक्टर र ट्याक्टर चालक खडक नगरपालिका– १० का २२ वर्षीय मुन्नाकुमार यादवलाई प्रहरीले पक्राउ गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्