राजनीतिक अवस्थादेखि निराश नहुन सञ्चार मन्त्रीको अपिल
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले वर्तमान राजनीतिक अवस्थादेखि निराश नहुन आम जनतालाई अपिल गर्नुभएको छ ।
क्यापिटल इन्टरटेनमेन्टद्वारा आज काठमाडौँमा आयोजित ‘सातौँ नेशनल क्यापिटल अवार्ड–२०७७’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले ताजा जनदेशसँगै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले नेपाली कला, साहित्य र संस्कृतिले मुलुक निर्माणमा पुर्याएको योगदानको चर्चा गर्नुहुँदै त्यस क्षेत्रमा योगदान पुर्याउने व्यक्तिलाई सरकारले छिट्टै सम्मान गर्ने बताउनुभयो ।
कार्यक्रममा गीतकार उन्नति शीला बोहरालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ । त्यसैगरी विभिन्न ३७ विद्यामा ४५ जना सर्वोत्कृष्ट गायक–गायिका, सङ्गीतकार र सर्वोत्कृष्ट मोडललाई अवार्ड प्रदान गरिएको छ ।
रासस








प्रतिक्रिया राख्नुहोस्