तपाईँ सुन्दै हुनुहुन्छः

हाइसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

कञ्चनपुर । कञ्चनपुरमा हाइसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका–५ गजरौला नजिक पूर्व पश्चिम महेन्द्र राजमार्गमा एक हाइसले ठक्कर दिँदा पैदल यात्री शुक्रलाल चौरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार अबेर झास पश्चिमबाट पूर्वतिर गइरहेको सुपप्र ०२००१ ख १०४५ नम्बरको हाइसले कैलालीको गोदावरी नगरपालिका ३ बस्ने ५५ वर्षीय चौधरीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमर थापाका अनुसार चौधरीको टाउको र खुट्टामा चोट लागेको र उनको अत्तरियाको पदमा अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि धनगढीको निसर्ग अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

चालक कृष्णपुर नगरपालिकाकै वडा नम्बर २ वाणीका २२ वर्षीय चन्द्र बहादुर कुँवर इलाका प्रहरी कार्यालय झलारीको नियन्त्रणमा रहेको प्रवक्ता थापाले बताउनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button