निर्वाचनका लागि धनुषाका १८ पालिकामा सहायक नाम दर्ता अधिकारी परिचालन

जनकपुरधाम । अगामी वैशाख १७ र २७ गते हुने प्रतिनिधिसभा चुनावका लागि मतदाता नामावलीमा भएको त्रुटिहरुको संशोधन गर्नका लागि धनुषा जिल्लाका १८ पालिकामा सहायक नाम दत्र्ता अधिकारीलाई आइतवार प्रशिक्षण दिइएको छ ।
माघ १० गते देखि २४ गतेसम्मका लागि काम गर्ने गरी सम्बन्धित पालिकामा आजैदेखि खटाउने काम भएको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो ।
कसैको नाम मतदाता नामवलीमा त्रुटि भएको खण्डमा आफै नागरिकतासहित सहायक नाम दत्र्ता अधिकारी समक्ष पुगेर संशोधन गर्ने व्यवस्था रहेको छ ।
धनुषामा रहेका १ उपमहानगरपालिकासहित १८ पालिकामा १८ जना सहायक नाम दत्र्ता अधिकारी तोकिएको छ ।
एक दिने तालिमको उद्घाटन गर्दै धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले निश्पक्ष रुपमा प्रमाणको आधारमा गल्ति संशोधनका लागि आग्रह गर्नुभयो ।
नाम वा मतदाता नामावलीमा भएको त्रुटि संशोधनका लागि सम्बन्धित पालिकाहरुमा माघ १६ गते देखि १८ गतेसम्म निवेदन दिने व्यवस्था रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पा झाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्