तपाईँ सुन्दै हुनुहुन्छः

क्रसर उद्योगद्वारा विद्यालयलाई आर्थिक सहयोग

कञ्चनपुर । कञ्चनपुरको सिद्धनाथ क्रसर उद्योगले एक विद्यालयलाई आर्थिक सहयोग गरेको छ ।

वेदकोट नगरपालिकाको वडा नम्बर ९ सुन्दरपुरस्थित उक्त उद्योगले उदयदेव माध्यमिक विद्यालयलाई आर्थिक सहयोग गरेको हो ।

सो सामुदायिक विद्यालयको आर्थिक अवस्थामा केही टेवा पुगोस् भन्ने हेतुले नगद ५ लाख रुपैयाँ सहयोग गरिएको उद्योग सञ्चालक तेज बहादुर चन्दले बताउनु भएको छ ।

क्रसर उद्योगका सञ्चालक चन्द, सो वडाका अध्यक्ष रामसिंह धामीलगायतको सहभागितामा विद्यालयका प्रधानाध्यापक महेश्वर भट्ट र व्यवस्थापन समिति अध्यक्ष वीरेन्द्र बहादुर शाहलाई सहयोग रकम हस्तान्तरण गरिएकोे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button