तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना भाइरसका कारण विदेशमा थप ९ जना नेपालीको निधन

लण्डन   । कोरोना भाइरस (कोभिड – १९) को सङ्क्रमणबाट विदेशमा थप ९ जना नेपालीको निधन भएको छ । गैर आवासीय नेपाली संघका अनुसार यो साता युकेमा ४ जना,  कुवेतमा ३ जना, पोर्चुगलमा १ जना र मलेसियामा १ जनाको  निधन भएको हो ।

गैर आवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट विदेशमा २० देशमा  ३ सय २७ पुगेको  छ ।

सङ्घको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५६ हजार २६ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५३ हजार ४ सय ३२ जना कोरोना मुक्त भएका छन् । यो कुल सङ्क्रमितको ९५ प्रतिशत हो ।

गैर आवासीय नेपाली सङ्घको स्वास्थ्य समितिका अनुसार यो साता बेलायत, पोर्चुगल, स्पेन, पोल्याण्ड, मलेसिया, जापान लगायत मध्यपूर्वमा रहेका थप नेपालीहरूमा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button