खेलकुद विकासको सुचक हो : गच्छदार

सुनसरी । सुनसरीको दुहवीमा खेलकुद ब्यवस्थापन तथा संचालन उपभोक्ता समिति र दुहवी नगरपालिकाको संयोजनमा शनिबार बाट पहिलो पटक उप-प्रमुख महिला नगर स्तरीय भलिबल प्रतियोगिता २०७७ संचालन भएको छ ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले नगर स्तरीय भलिबल प्रतियोगिताको शुभकामना मन्तव्य दिनु हुँदै खेलकुद पनि विकासको सुचक भएको हुँदा सम्पुर्ण खेल र खेलाडीको क्षमता अबिवृद्धि गर्दै लैजाने कुरामा आफू सचेत रहेकोले खेल र खेलाडीको संरक्षण तथा प्रबर्द्धन गर्ने कुरामा आफ्नो अहम भुमिका रहने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको समबोधन गर्दै खेलकुद पनि विकाशको एक सुचक भएको मान्यता राख्नु हँदै सम्पुर्ण खेल र खेलाडीहरुको विकाश र क्षमतालाई सधै अभिवृद्धि गर्दै लैजाने र खेलाडीहरुको सँरक्षण तथा प्रबद्र्धन गर्ने कुरामा आफनो अहम भुमिका रहने प्रतिबद्धता गर्नु भयो ।
सुनसरीका १२ वटै स्थानिय तहको सहभागीतामा संचालन भएको हुँदा उक्त प्रतियोगीतामा स्थानिय स्तर वाटै महिला खेलाडीहरु उत्पादन गर्ने योजना रहेको दुहवी नगर पालिकाकी उपप्रमुख सुनिता दाहाल शाहले बताउनुभयो ।
सुनसरीमा पहिलो पटक र ऐतिहासिक भएको महिलाहरुको भलिबल प्रतियोगिता महिलाहरु प्रति सम्मान गर्दै आफु निकै खुशि भएको महसुस गर्नुभयो ।
पहिलो खेल दुहबी र इनरुवाबिच भएको थियो जसमा दुहबीले जित हासिल गरेको छ । दोस्रो खेल धरान र बराहक्षेत्र बिच भएको थियो जसमा बराहक्षेत्रले जित हासिल गरेको थियो । आईतबारको पहिलो खेल रामधुनी र हरिनगरा बिच हुने र दोस्रो खेल इटहरी र बर्जु बिच हुने आयोजक दुहबी नगरपालिकाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्