तपाईँ सुन्दै हुनुहुन्छः

आम निर्वाचन मार्फत जनतामा जानुपर्छ: मन्त्री ढकाल

file photo

दमक । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले लोकतन्त्र र आर्थिक समृद्धिका लागि प्रधानमन्त्री ओलीको त्याग, समर्पण र योगदान उच्च रहेको  बताउनुभएको छ ।

सार्वजनिक पुस्तकालयको प्रथम राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले प्रजातन्त्रका लागि १४ वर्ष बढी जेल जीवन व्यतीत गर्नुभएका प्रधानमन्त्री ओलीका योगदानकै कारण अहिले  देशले काँचुली फेरेको हो भन्नुभयो ।

सरकारले संसद् विघटन गरेर आम निर्वाचनमा जान बाध्यता भएको  उल्लेख गर्दै उहाँले भन्नुभयो ,“अब दलहरूले निर्वाचनमार्फत जनताको बिचमा जानुपर्छ । ”  मन्त्री ढकालले पठन संस्कृतिको विकास गर्नु सार्वजनिक पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ योगदान पुर्याउनुपर्ने उल्लेख गर्नुभयो ।

दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश अध्यक्ष राम थापा ,उद्योगी भोलेश्वर दुलाललगायतले पठन संस्कृतिका लागि पुस्तकालयको भूमिका अहम् रहने बताउनुभयो ।

देशभरिका १५ वटा शाखाबाट करिब १०० जना प्रतिनिधिको सहभागिता रहेको महाधिवेशनको बन्द सत्रले नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष भेषराज न्यौपानेले जानकारी दिनुभयो ।

रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button