तपाईँ सुन्दै हुनुहुन्छः

ठगी कार्यमा संलग्न फरार व्यक्ति पक्राउ

कैलाली । विभिन्न व्यक्तिलाई प्रलोभनमा पारी करिब ७४ लाख रुपैयाँ ठगी गरेको अभियोगमा कैलाली गौरीगंगा नगरपालिका–८ का ३४ वर्षीय राजाराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले चौधरीलाई लम्कीचुहा नगरपालिका–९ धनचैयाबाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सिटिइभिटिबाट अनुमति विना नै गैरकानूनी रूपमा धनगढी उपमहानगरपालिका–८ मा सञ्चालन गरेको मल्टिस्किल इन्ष्टिच्यूट अफ टेक्नोलोजी प्रालिमा भर्ना लिई १ सय १८ जनालाई झुक्क्याएर ७३ लाख ९३ हजारभन्दा बढी ठगी गरेको उजुरीका आधारमा प्रहरीले चौधरीलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button