लुम्बिनीको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता

रुपन्देही । लुम्बिनीको विकास र प्रवर्द्धनका लागि प्रदेश सरकारहरूले सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार लुम्बिनीको अध्ययन भ्रमणपश्चात् मुलुकका सातै प्रदेशका मन्त्री, सचिवहरूले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
सातै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री, मन्त्रालयका सचिव तथा महान्यायाधिवक्ताहरूलाई लुम्बिनी विकास कोषका कोषाध्यक्ष सुरेन्द्रमणि शाक्यले स्वागत गर्दै बुद्ध जन्मस्थल लुम्बिनीको बारेमा बताउनुभएको थियो ।
लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिम्मतकुमार कार्की, कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले लुम्बिनीको अध्ययन भ्रमण गर्दै सहकार्य र एकताको प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
लुम्बिनी भ्रमणको लागि पुग्नुभएका मन्त्री, सचिव तथा महान्यायाधिवक्ता लुम्बिनी विकास कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले लुम्बिनी गुरुयोजना र बुद्धिज्मको बारेमा जानकारी गराउनुभएको थियो ।
भ्रमणको क्रममा प्रदेशका मन्त्री तथा सचिवहरूले संघीय सरकार मातहत रहेको लुम्बिनीको विकास र प्रवर्द्धनको लागि प्रदेश सरकारहरूले पनि सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्