मैथिली विकास कोषद्वारा आयोजित कवि गोष्ठी सम्पन्न
जनकपुरधाम । मैथिली विकास कोषद्वारा आयोजित मैथिली कवि गोष्ठी सम्पन्न भएको छ ।
कवि गोष्ठीको उद्घाटन गर्दै वरिष्ठ साहित्यकार डा. राजेन्द्र प्रसाद विमलले मैथिली साहित्यको क्षेत्रमा नयाँ प्रतिभाहरूको पहिचान गर्नका लागि यस्ता प्रकारका कवि गोष्ठी महत्त्वपूर्ण हुने बताउनुभयो । वरिष्ठ साहित्यकार डा. विमलले मैथिली भाषा एवं साहित्यको विकासका लागि यस्ता प्रकारको कवि गोष्ठीले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
मैथिली भाषा तथा साहित्यलाई जनजनको भाषा बनाउनका लागि कवि गोष्ठी महत्त्वपूर्ण माध्यम हुने बताउँदै कोषले यस्ता प्रकारको सिर्जनात्मक काम गरेर सराहनीय कामकाज गरेको बताउनुभयो ।
मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रोशन जनकपुरी, मिथिला नाट्यकला परिषद्का पूर्व अध्यक्ष सुनिल मल्लिक, पूर्व सांसद महेन्द्र कुमार मिश्र, कवयित्री पुनम झाले बोल्नुभएको थियो ।
कवि गोष्ठीमा पुराना तथा नयाँ गरेर तीन दर्जन कवि कवयित्रीहरूले समसामयिक अवस्थालाई चित्रण गरेर कविता वाचन गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्