मोटरसाइकल दुर्घटना दुई जनाको मृत्यु

कावासोती । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जङ्गलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लका अनुसार गएराति उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना २२ प ६५५५ मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परी कावासोती ३ निवासी २४ वर्षीय हेमराज थापा र कावासोती ८ निवासी २६ वर्षीय सुनिल जैसवालको मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका दुवै जनाको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्