तपाईँ सुन्दै हुनुहुन्छः

लागु औषधसहित दुई जना पक्राउ

कावासोती  । पूर्वी नवलपरासीको कावासोतीबाट लागु औषधसहित दुई जना युवा पक्राउ परेका छन् ।
आज बिहान कावासोतीको खरकट्टा जङ्गलमा प्रहरीले चेकजाच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ध१प ५६९१ नम्बरको मोटरसाइकलमा सवार दुई युवा पक्राउ परेका हुन्  ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक बागलुङ नगरपालिका–२ बस्ने २२ वर्षीय सङ्गम बस्याल र मोटरसाइकलमा सवार काठेखोला गाउँपालिका–१ बस्ने २२ वर्षीय  जीवन केसी रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश मल्लले जानकारी दिनुभयो ।
प्रहरीले उनीहरूको साथबाट नुर्फिन १०० एम्पुल, डाईजेपाम १०० एम्पुल र फेनरागन १०० एम्पुल गरी जम्मा ३०० एम्पुल लागु औषध बरामद गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button