तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश एक प्रतियोगिताबाट बाहिरियो

काठमाडौँ । राजधानीमा जारी प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एकले एक मात्र जित निकाल्न सफल भएको छ ।
समूह चरणको अन्तिम खेल खेल्नु अघि नै प्रतियोगिताबाट बाहिरिइसकेको प्रदेश एकले शुक्रवार कर्णाली प्रदेशमाथि ५९ रनको जित निकाल्दै प्रतियोगिताबाट बिदा भएको हो । पराजयले भने कर्णालीलाई समस्या थपिदिएको छ । समूह ए मा रहेको कर्णाली २ अङ्कसहित तेस्रो स्थानमा छ । उसको अब एक खेल बाँकी छ ।
कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको २१६ रनको लक्ष्य पछ्याएको कर्णालीले ३५ ओभरमा सबै विकेट गुमाउँदै १५६ रन मात्र बनाउन सक्यो । टस जितेर हिला ब्याटिङ गरेको प्रदेश एकले निर्धारित ओभरमा ९ विकेट गुमाए २१५ रन बनायो ।
दोस्रो खेलमा अपराजित यात्रा कायम राख्दै वाग्मती प्रदेश सेमिफाइनल नजिक प्रवेश गरेको छ । शुक्रवार भएको खेलमा वाग्मतीले शुक्रवार प्रदेश दुइमाथि ६ विकेटको जित दर्ता गरेको हो ।
१८० रनको लक्ष्य पछ्याएको वाग्मतीले ४८.२ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो । वाग्मतीलाई जिताउन पृथु बास्कोटाले नट आउट अर्धशतकीय पारी खेले । यसै गरी विभत्सु थापाले ४७ रन बनाउँदा आकाश थापाले ३२ रन जोडे इशान पाण्डेले १५ तथा आदि खानले ५ रनको योगदान गरे । यसै गरी कप्तान ज्ञानेन्द्र मल्लले पनि नटआउट १२ रन बनाए ।
प्रदेश २ का हरिशंकर साहले दुई विकेट लिँदा कुमार थापाले एक विकेट लिए । पहिला ब्याटिङ गरेको प्रदेश दुइले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै १७९ रन बनायो ।
खराब प्रदर्शन गरेको प्रदेश दुईका लागि विवेक यादवले उत्कृष्ट प्रदर्शन गरे । उनले अर्धशतकीय पारी खेल्दै प्रदेश दुइको स्कोर माथि उठाएका थिए । १९ रनमा पहिलो विकेट गुमाएको प्रदेश दुई ले ६९ रन हुँदा ७ विकेट गुमाएको थियो । विवेकले सम्हालिएको प्रदर्शन गर्दै टिमको स्कोर १२२ रन पुर्‍याउँदा आठौँ विकेट गुमाएको थियो । वाग्मतीका गौतम केसीले चार विकेट लिँदा राम नरेश गिरीले दुई विकेट हात पारे । नन्दन यादव, तिलक भण्डारी र विपिन आचार्यले एक एक विकेट लिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button