‘सुपर लिग खेल्ने खेलाडीले फिफाको कुनै पनि प्रतियोगिता खेल्न नपाउने’
काठमाडौँ । विश्व फुटबल महासङ्घ फिफाले युरोपियन सुपर लिग खेल्ने खेलाडीले फिफाको कुनै पनि प्रतियोगिता खेल्न नपाउने बताएको छ । त्यसमा विश्वकप फुटबल पनि रहेको छ ।
एउटै खेलाडीले दुई फरक महासङ्घका प्रतियोगिताबाट दोहोरो आम्दानी गर्न नपाइने भन्ने नियम बनाएपछि फिफाले सुपर लिग खेल्ने खेलाडीलाई फिफाको कुनै पनि प्रतियोगितामा सहभागिता गर्न नपाउने नियम बनाएको छ ।
फिफाले सबै महादेशको फुटबल निकायसँग छलफल गरेपछि यस्तो नियम बनाएको छ । जसमा ब्रेकरे प्रतियोगितामा कुनै पनि खेलाडीले दोहोरो रुपमा खेल्न नपाउने भनिएको छ ।








प्रतिक्रिया राख्नुहोस्