तपाईँ सुन्दै हुनुहुन्छः

पाटे बाघलाई ठक्कर दिने चालक धरौटीमा रिहा

बारा । बाराको आधाभारमा पाटे बाघलाई ठक्कर दिने कारका चालक ६ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा गत पुस १८ गते बिहान बाघलाई ठक्कर दिने कारका चालक अजय मिश्रलाई जिल्ला अदालत बाराले रिहा गरेको हो ।

यूनाइनेट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत(सिइओ) समेत रहेका मिश्रलाई बारा जिल्ला अदालतले ६ लाख ५० हजार रुपैयाँ धरौटी लिई साधारण तारेखमा रिहा गरेको पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रमेश यादवले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने बाराको पथलैया अमलेखगञ्ज सडक खण्डको आधाभार नजिकको जङ्गलमा उनले चलाएको कारले ठक्कर दिँदा पोथी पाटे बाघको मृत्यु भएको थियो ।

माघ ५ गते बारा अदालतले मिश्रलाई धरौटी बापतको रकम लिई तारिखमा छाड्न निकुञ्जलाई आदेश दिएपछि उनी रिहा भएको यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button