तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल फण्ड फाउण्डेशन नेदरल्याण्ड्सको अध्यक्षमा नन्दा राई चयन


काठमाडौँ ।नेपाल फण्ड फाउन्डेशन नेदरल्याण्ड्सको अध्यक्षता नन्दा राई चयन हुनुभएको छ । भर्चुअल माध्यमबाट यसै हप्ता भएको तेस्रो अधिवेशनले फाउण्डेशनको अध्यक्षमा राईलाई चयन गरेको हो ।

राईको अध्यक्षतामा चयन भएको पाँच सदस्यीय कार्यसमितिको महासचिवमा सबि पौडेल, कोषध्यक्षमा शशी पौडेल र सदस्यहरुमा दिलु मैनाली र निरा राई रहनुभएको छ ।

फाउन्डेशनले सल्लाहकारमा डा. शर्मिला प्रधान श्रेष्ठ, हरि पौडेल, शारदा बराइली, रिता थापा र बर्षा खड्कालाइ मनोनयन गरेको छ ।
नवनिर्बाचित अध्यक्ष नन्दा राईले नेपाल फण्ड फाउण्डेशन नेदरल्यान्ड्सको कर विभागबाट च्यारिटी स्ट्याटस प्राप्त पुरानो परोपकारी सस्था भएको जानकारी दिनुभयो ।

फाउण्डेसनले नेपाल पत्रकार महासंघमार्फत् कोरोना महामारी र बिनासकारी भुकम्पको समयमा आपतकालिन राहत र पुनर्निर्माणका सहयोग गर्नुका साथै शिक्षा, स्वास्थ्य, महिला तथा पिछडिएको वर्ग र क्षेत्रमा महत्वपुर्ण सहयोग पु¥याउँदै आएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button