बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु
नेपालगञ्ज। सुर्खेतका कोरोना संक्रमित पुरुषको बाँकेमा उपचारका क्रममा मृत्यु भएको छ ।
भेरीगंगा नगरपालिका वडा नम्बर ९ का ७१ वर्षीय पुरुषको आज विहान भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो ।
उनमा पुष २७ गते कोरोना पुष्टि भएको थियो । यो संगै बाँकेमा उपचारका लागि गएका बाहिरी जिल्लाका ८५ जनाको कोरोनाबाट मृत्यु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्