सिन्धुपाल्चोकलाई २० हजार खोप

चौतारा । सिन्धुपाल्चोक जिल्लाका लागि २० हजार ८ सय २४ डोज कोरोना विरुद्धको खोप आउने भएको छ । भारत सरकारले नेपाललाई अनुदानमा पठाएको १० लाख डोज मध्य सिन्धुपाल्चोकलाई २० हजार ८ सय २४ डोज खोप पठाउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पहिलो चरणमा आएको सो खोप कोरोना भाइरस नियन्त्रणमा खटिएका स्वास्थ्यकर्मी, चिकित्सक, सुरक्षा र स्वास्थ्यकर्मीलाई लगाउने योजना मन्त्रालयको छ । कोरोना खोप एकजनालाई दुई डोज लगाउनु पर्ने हुन्छ ।








प्रतिक्रिया राख्नुहोस्