तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय महिला लिग फुटबलमा एपीएफ क्लबको विजयी सुरुवात

काठमाडौँ । साबिक विजेता एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार भएको खेलमा रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० गोल अन्तरले हराउँदै एपीएफले सुखद सुरुवात गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफलाई जित दिलाउन सावित्रा भण्डारीले ह्याट्रिक गरिन् ।
यस्तै कप्तान अनिता बस्नेत, अन्जली कुमारी योन्जन र प्रिती राईले एक एक गोल थपे ।
एकतर्फी बनेको खेलको १४ औँ मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो । जितसँगै एपीएफले पहिलो खेलमै महत्वपूर्ण ३ अङ्क जोडेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button