तपाईँ सुन्दै हुनुहुन्छः

तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एकको अवस्था गम्भीर

सप्तरी । तीन जना चढेर साथीको विवाहमा जाँदै गरेको मोटरसाइकल दुर्घटनामा हुँदा बिहीबार बिहान दुई जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ३ बजेतिर सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी राजमार्गको बनौली खण्डमा प्रदेश २–०१–००१–प.६१४६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको थियो ।
मृत्यु हुनेहरूमा मोटरसाइकल चालक सोही वडा निवासी २१ वर्षीय शिवेन्द्र साह र २५ वर्षीय अरविन्द यादव रहेका छन् । मोटरसाइकलमा सवार अर्का युवा सोही वडा निवासी २० वर्षीय सुनिल चौधरी गम्भीर घाइते भएका छन् । चौधरीको छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको डिएसपी भुवनेश्वर साहले जानकारी दिएका दिनु भएको छ ।
साथीको विवाहमा सहभागी हुन तीन जना चढेर जाँदै गर्दा तीव्र गतिका कारण अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतक दुवैको शव पोस्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पतालमा पठाई घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button