निर्यातमा ६ प्रतिशतले वृद्धि, आयातमा ५ प्रतिशतले कमी
काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा विदेशी वस्तुको आयातमा कमी आउँदा निर्यातमा वृद्धि भएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि पुस मसान्तसम्म छ महिनाको तथ्याङ्क अनुसार ५ प्रतिशत आयातमा कमी आउँदा ६ प्रतिशतले निर्यातमा वृद्धि भएको हो ।
विभागको तथ्याङ्कअनुसार चालू आवको ६ महिनाको अवधिमा ६ खर्ब ६१ अर्ब बढीको विदेशी वस्तुको आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४ दशमलव ८१ प्रतिशतले कम रहेको भन्सार विभागले जनाएको छ ।
यसै गरी, ६ महिनाको अवधिमा ६० अर्ब ८० करोड बराबरको स्वदेशी वस्तु निर्यात भएको छ ।
गत आवको सोही अवधिको तुलनामा ६ दशमलव १४ प्रतिशतले निर्यातमा वृद्धि भएको हो । गत आवको सोही अवधिमा ५७ अर्ब २७ करोड बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।
तथ्याङ्क अनुसार यस वर्ष व्यापार घाटामा ५.८० प्रतिशतले सुधार भएको छ ।
वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.५८ र निर्यातको हिस्सा ८.४२ प्रतिशत रहेको छ । भन्सार विभागले हालसम्म एक खर्ब ८७ अर्ब राजश्व सङ्कलन गरिसकेको छ ।
यो वर्ष विभागले चार खर्ब ४० अर्ब राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको छ ।








प्रतिक्रिया राख्नुहोस्