तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक राधिका थापा

काठमाडौँ । प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा सञ्चालन भएको प्रतिविद्रोह तथा जङ्गल वारफेयर तालिममा महिला सैनिक जवान राधिका थापा पहिलो पटक सहभागी भई सफलतापूर्वक सो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल हुनु भएको छ।
सिन्धुपाल्चोक घर भएकी सिपाही राधिका थापा २०६९ सालमा नेपाली सेनामा भर्ना हुनु भएको थियो । सैन्य आधार तालिम पश्चात् प्रतिविद्रोह तथा जङ्गल वारफेयर शिक्षालयमा कार्यरत रहनु भएकी थापाले सोही शिक्षालयमा सञ्चालन भएको उच्चस्तरको शारीरिक एवं मानसिक क्षमता माग गर्ने सि.सं. १०३ प्रतिविद्रोह तथा जङ्गल युद्धकला तालिम सफलतापूर्वक सम्पन्न गरी साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गर्नु भएको छ ।
तीन महिनाको अवधिसम्म चल्ने अत्यन्तै कठिन तालिमको रुपमा लिइएको उक्त तालिममा जङ्गल नेभिगेशन, धराप निर्माण गर्ने, jungle survival techniques तथा सर्पदंश व्यवस्थापन लगायत विभिन्न सैनिक ज्ञान/सीपहरु सिकाइन्छ । थापाले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ्ग एण्ड मेन्टिनेन्स तालिम समेत सफलताका साथ सम्पन्न गरी सक्नु भएको छ ।
यसरी नेपाली सेनाको इतिहासमा यो तालिम सम्पन्न गर्ने पहिलो महिला सैनिक हुन सफल भएकोमा उनलाई नेपाली सेना हार्दिक बधाई ज्ञापन समेत गरेको छ ।
यसका अलावा नेपाली सेनामा पहिलो हुन सफल भएका महिला सैनिकको विवरण यस प्रकार रहेको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button