चिसोबाट बच्न सावधानी अपनाउन आग्रह
रुपन्देही । लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले चिसोबाट बच्न सावधानी अपनाउन अनुरोध गर्नुभएको छ ।
चिसोबाट बच्न न्यानो कपडा लगाउन, अनावश्यक रुपमा घरबाहिर नबस्न उहाँले आग्रह गर्नुभएको छ ।
बिहीबार एक अपिल जारी गर्दै मन्त्री बरालले चिसोले शरीरमा केही समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभएको छ ।
सामाजिक विकास मन्त्री बरालले चिसो र शीतलहरूबाट प्रभावित समुदायहरूलाई सहयोग वितरण भइरहेको जानकारी दिनुभयो । उहाँले अरू पनि जोखिमयुक्त समुदायको पहिचान गरी आवश्यक सहयोग गर्न सरकारी संयन्त्र तथा गैरसरकारी संस्थाहरूसँग समेत अपिल गर्नुभएको छ । ‘आवश्यक सहयोग नपुगेको स्थान तथा समुदायको पहिचान गरी ती क्षेत्र तथा समुदायलाई न्यानो कपडा तथा खाद्य र पोषण सामाग्री उपलब्ध गराउन हुन, सबै स्थानीय तह, स्थानीय प्रशासन, सरकारी तथा गैरसरकारी निकायहरू, सामाजिक सङ्घसंस्था तथा सरोकारवाला निकायहरूलाई हार्दिक अपिल गर्दछु ।’ मन्त्री बरालले भन्नुभएको छ ।
केही दिन यता लुम्बिनी प्रदेशमा चिसो बढेर जनजीवन प्रभावित बनेको छ ।








प्रतिक्रिया राख्नुहोस्