तपाईँ सुन्दै हुनुहुन्छः

रुपन्देहीमा गरिब घरपरिवार पहिचान गर्ने कार्य सुरु

रुपन्देही । रुपन्देहीमा गरिब घरपरिवार पहिचान गर्ने कार्य सुरु हुने भएको छ ।

सङ्घीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत जिल्लामा गरिब घरपरिवार पहिचानको कार्य सुरु हुने भएको हो ।

त्यसका लागि जिल्लामा गणक तथा सुपरिवेच्छक छनोट भई तालिम सम्पन्न भइसकेको छ ।

स्थानीय तहको प्रत्यक्ष निगरानीमा जिल्ला समन्वयन समितिमार्फत गरिब घर परिवारको तथ्याङ्क सङ्कलन गरिनेछ ।

जिल्लाका १६ वटै स्थानीय तहमा एक साथ गरिब घरपरिवार पहिचानका लागि तथ्याङ्क सङ्कलन गरिने जिल्ला समन्वयन समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले बताउनुभयो । त्यसका लागि जिल्लामा गणक र सुपरिवेच्छक गरी एक सय ५५ जना नियुक्त भएका छन् । जसमध्ये सबैभन्दा बढी बुटवल उपमहानगरपालिकामा मात्र २७ गणक र ३ सुपरिवेच्क रहेका छन् ।

गणकहरूले ५ महिनामा प्रत्येक घरमा पुगी मन्त्रालयको निर्देशिका बमोजिम गरिब घरपरिवारको तथ्याङ्क सङ्कलन गर्ने उहाँले बताउनुभयो ।

समन्वयन समितिले गणक र सुपरिवेच्छकका लागि छनोट भएका १ सय ५५ जनालाई पुस १४ गतेदेखि माघ ८ गते बिहीबारसम्म विभिन्न ६ वटा समूहमार्फत प्रशिक्षण दिएको छ ।

प्रशिक्षण प्राप्त गरेका गणक र सुपरिवेच्छकहरुले सम्बन्धित पालिकाको निर्देशनमा घर–घरमा पुगेर तथ्याङ्क सङ्कलन गर्ने जिल्ला समन्वय समिति रुपन्देहीका समन्वय अधिकारी रमाकान्त पाण्डेले बताउनुभयो ।

गणकहरूले प्रदेश, गाउँपालिका, घरपरिवारको परिचयात्मक विवरण, परिवार मुलीको विवरण, नाम, नागरिकता नं, आवास सम्बन्धी विवरण, पारिवारिक सम्पत्ति विवरणलगायत विषयमा सूचना सङ्कलन गरिनेछ । त्यसको प्रशोधन गरी नतिजा प्रकाशन गरिनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button