तपाईँ सुन्दै हुनुहुन्छः

हिमपात नहुँदा जुम्ली किसान चिन्तीत

जुम्ला।माघ महिनाको पहिलो साता बितिसक्दा पनि जुम्लामा हिमपात नहुँदा यहाँका किसान चिन्तीत भएका छन् । पुस, माघ महिनामा हिमपात भएपछि स्याउ खेतीमा सिचाई पुग्थ्यो जसकारण स्याउ उत्पादन बृद्धि हुने र बालीनाली पनि सप्रिन्थ्योे । तर यसपाली माघ पहिलो साता बित्दा पनि हिमपात नभएपछि जुम्ली किसान चिन्तीत भएका हुन् ।

जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुन्छ । सबै क्षेत्रमा सिचाईको सहज पहुँच छैन । जहाँ पुस माघको हिमपात खाडलमा जम्मागरी हिउँपोखरी निर्माण गरी सिचाई गरिन्छ । तर यसपाली हिमपाँत नभएपछि स्याउ बगैचामा कसरी सिचाई गर्ने भन्नेबारेमा किसान चिन्तीत भएका हुन् ।

स्थानीय किसान लोक बहादुर दमाई भन्छन,“ स्याउका नयाँ विरुवा रोप्ने समय आउदै छ । अहिले हिमपात भएको खण्डमा जमिनमा चिस्यान कायम भएर विरुवा छिटो हुर्कन मद्दत पुग्थ्यो । हिउँ परे लेकाली तथा खेताली अन्नबालीलाई पनि राहत हुन्थ्यो । तर यसपाली हिमपात नहुँदा समस्या हुने देखियो ।”

६÷७ वर्ष पहिले नियमित पुस माघ महिनामा ४÷५ पटक भारी हिमपात भईसक्थ्यो । तर पछिल्लो समय किन हो हिउँनै पदैन् । सबै क्षेत्रबाट ठगिने किसान यस वर्ष आकाशबाट पनि ठगिएको किसान लोक बहादुर दमाईले दुखेसो पोख्नुभयो । लोक बहादुर दमाई जस्तै स्याउ खेतीमा निर्भर जुम्लाका १६ हजार घरधुरीका किसान हिमपात नहुँदा चिन्चीत भएका छन् ।

यता जिल्ला कृषि विकास कार्यालय प्रमुख बालकराम देवकोटाले पुस माघको महिनामा जुम्लामा हिमपात हुन अतिआबश्यक रहेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष हिपात नभएकै कारण समयमै सिचाइ नपुग्दा स्याउ उत्पादन ५० प्रतिशत घटेको हो । उहाँले भन्नुभयो,“जुम्लाको कृषि उत्पादन बृद्धि हुन समयमै हिमपात आबश्यक छ । तर यसपाली अहिले सम्म हिउँ परेको छैन् । यसले विगतको जस्तै स्याउ सिमि उत्पादनमा फेरी गिरावट ल्याउने स्थिती देखिन्छ ।”

विगतमा धेरै हिउँपर्यो भनेर दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका छन् । जलवायु परिवर्तनकै ढिला सम्म हिमपात नभएपछि किसान चिन्तीत भएको देवकोटाले रेडियो नेपाललाई जानकारी दिनुभयो । विगतमा हिउँपोखरी बनाउने,स्याउका बोट वरिपोरि क्यारी बनाउने हिउँ संकलन गरेर कसरी चिसाई गर्ने भन्ने बारे बगैचामै पुगेर प्रयोगात्मक तालिम दिन्थौ ।

तर यसपाली ती कार्यक्रमहरु पनि संचालन भएका छैनन् । तर सुपरजोन कार्यालयले भने बगैचामै पुगेर विरुवा काटछाँट तालिम दिएको छ । विरुवा काटछाँट संगै सिचाई पुगेको खण्डमा स्याउ उत्पादन बढ्ने कृषि प्राविधिकको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button