तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा कोरोनाको कारण थप एकको मृत्यु

फाइल तस्बिर

पाल्पा । पाल्पामा कोरोनाको कारणले थप एक जनाको निधन भएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बुधबार कोरोनाको कारण तिनाउँ ६ का ७४ वर्षका बृद्धको होम आइसोलेशनमै मृत्यू भएको हो ।

उनलाई स्वास्थ्यमा समस्या आएर अस्पताल ल्याइ कोरोना परीक्षण गर्दा पोजेटिभ आएको र उनको घरमै निधन भएको कार्यालयले जनाएको छ ।हालसम्म पाल्पामा ११ महिला र २४ पुरुष गरी ३५ जनाको कोरोनाको कारण निधन भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button