सुनसरीको गढीमा जेष्ठ नागरिकलाई फाइबर सिरक

सुनसरी। सुनसरीको गढी गाउँपालिका का जेष्ठ नागरिक,एकल महिला हरुलाई जाडोबाट बच्नका लागि पालिकाले फाइबर सिरक वितरण गरेको छ ।
गढी गाउँपालिका कार्यालयले जाडोबाट बच्नका लागि फाइबर सिरक वितरण गरेको गढी गाउँपालिका का अध्यक्ष श्रीप्रसाद यादवले जानकारी दिनुभयो ।
यादवका अनुसार गढीका जेष्ठ नागरिक र एकल महिलाहरूलाई जाडोमा फाइबर सिरक वितरण गरेको हो । कार्यालयले चिसो मौसममा न्यानो सिरक वितरण गरेपछि जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन ्।
गढीभित्रका जेष्ठ नागरिकहरु, एकल महिलालाई जाडो मौसमसँगै फाइबर सिरक वितरण गरिएको प्रमुख प्रसाकीय अधिकृत भुप्दोज थापाले बताउनुभयो । उनले जेष्ठ नागरिक बोझ नभएर प्रेरणाका स्रोत भएकाले उनीहरूलाई सम्मान गर्नु सबै परिवारको कर्तब्य भएको बताए । थापाले भन्नुभयो ‘जेष्ठ नागरिकको स्वास्थ्यमा ध्यान दिदैँ एक÷एक थान फाइबर सिरक वितरण छ,’ ‘जसले गर्दा जेष्ठ नागरिकलाई न्यानोको महसुस होस ।
जेष्ठ नागरिकहरुका लागि आगामी वर्ष पनि विषेश कार्यक्रम सञ्चालन गरिने गढीका प्रमुख लेखा अधिकृत दील बहादुर खडका ले बताउनुभयो । विस लाख रुपैयाँको बजेटबाट गढीभित्रका ६ वटै वडाका १८००जना जेष्ठ नागरिकलाई फाइबर सिरक प्रदान गरिने बुधबार दुई ओटा वडाका जेस्ठ नागरिक लाई बितरण गरिएको अन्य वडा मा भोलिदेखि बाडने उपाध्यक्ष राजकुमारि चौधरीले बताउँनुभयो ।
गाउँमा जनप्रतिनिधि आएपछि जाडोमा न्यानोका लागि ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्न र उनीहरुको मनोबल उच्च राख्न फाइबर सिरक वितरण सम्मान गरिएको वडा सदस्य ललति चौधरीले बताउनुभयो । ७१ वर्षिय इन्द्रदेव ऋषिदेवले कार्यालयले जेष्ठ नागरिकलाई न्यानो दिएर सम्मान गरेकोमा खुसी लागेको बताए ।








प्रतिक्रिया राख्नुहोस्