मतदाता नामावली अद्यावधिका लागि सप्तरीमा अन्तर्क्रिया

राजविराज । अगामी बैशाखमा हुने भनिएको निर्वाचनको लागि सप्तरीमा मतदाता अध्यावधि गर्न आज सप्तरी सदरमुकाम राजविराजमा सरोकारबालासँग अन्तक्र्रियाको आयोजना गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय सप्तरीको कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिले आउँदो १५ गतेदेखि मतदाता अध्यावधि कार्य सुरु गरिने बताएको छ ।
आगामी बैशाखमा तोकिएको प्रतिनिधिसभाको मध्यावधि (उपनिर्वाचन) निर्वाचन गराउन जिल्ला निर्वाचन कार्यालय सप्तरीले मतदाता अध्यावधिका लागि प्रारम्भिक प्रक्रिया सुरु गरेको हो ।
सरकारले–२०७८ बैशाखमा दुई चरणमा घोषणा गर्नु भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्ला निर्वाचन कार्यालय सप्तरीले आयोगको तालिका अनुसार मतदाता नामावली अध्यावधि कार्य अगाडी बढाइएको जिल्ला निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिनुभयो ।
सो मितिमा निर्वाचन हुन्छ वा हुदैन भने सहभागीले आशंका व्यक्त गरिएको भएपनि आयोगको निर्देशन अनुसार प्रक्रिया सुरु गरेको बताइएको छ ।
जिल्लामा मतदाता नामावली अध्यावधिको लागि आउँदो माघ १५–२१ गतेसम्म सात दिनभित्र गरिने समय निर्धारण गरिएको छ ।
१५ गते प्रत्येक स्थानीय तहमा मतदाताको नामावली प्रकाशन गरिने, १६ र १७ गते त्रुटि सच्याउन निवेदन दिने, झुठा विवरण विरुद्ध उजुरी दिने, दोहोरो नामावली हटाउन निवेदन दिने, मृत्यु/नागरिकता परित्याग गरेको मतदाताको स्थानीय पञ्जाधिकारीबाट नामावली संकलन गरिने, १८ र १९ गते उजुरी उपर सफाइको मौका दिने मिति तय गरिएको छ ।
माघ १८ र २० गते भित्रमा निवेदनको आधारमा त्रुटि सच्याउने, दोहोरो नामावली हटाउने, स्थानीय पञ्जाधिकारीबाट प्राप्त मृतक मतदाताको नामावली निर्वाचन आयोगमा पठाउने, २० गते दाबी, विरोध उजुरी उपर कारबाही गरिने र २१ गते मतदाताको अन्तिम नामावली प्रकाशन गरिने कार्यक्रम तय भएको निर्वाचन अधिकारी जोशीले जानकारी दिनुभयो ।
जिल्ला निर्वाचन कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका संयोजक सप्तरीका प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यको अध्यक्षतामा आयोजित कार्यक्रममा निर्वाचन आयोगले भने जिल्लाहरुबाट प्राप्त तथ्याकंको आधारमा मतदाता नामावलीमा आवश्यक अध्यावधि गरी फागुन २ गतेसम्ममा अन्तिम नामावली प्रकाशन गरिने तयारी गरिएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्