सिसिटिभी क्यामराको मनिटर खरिदका लागि ३२ लाख प्रदान
बीरगंज । बीरगंजलाई अपराधमुक्त बनाउन अभियान अन्तर्गत सेफर बीरगंज र जिल्ला प्रहरी कार्यालयको सिसिटिभी क्यामरा जडान कार्यलाई प्रभावकारी बनाउन प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो संसदीय विकास कोषबाट ३२ लाख रुपैया उपलब्ध गराउनु भएको छ ।
मुख्यमन्त्री राउतले जिल्ला प्रहरी कार्यालयमा सिसिटीभी क्यमराको कन्ट्रोलका लागि भिडियो वाल मोनिटरिङ्ग सिस्टम डिसप्ले स्क्रिन खरिदका लागि आफ्नो संसदीय विकास कोषबाट ३२ लाख छुट्याउनु भएको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले जानकारी दिनुभयो ।
डिसप्ले खरिदका लागि पुर्वाधार विकास कार्यालय बीरगंजबाट भोलिदेखि नै जडान प्रक्रिया सुरु हुने मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्