तपाईँ सुन्दै हुनुहुन्छः

छैटौँ राष्ट्रिय योग दिवसमा अक्षयकोष स्थापना

काठमाडौँ  । छैटौँ राष्ट्रिय योग दिवसमा अक्षयकोष स्थापनाविश्व शान्ति तथा अध्यात्म विज्ञान समाजका संस्थापक नेपाली योग गुरु राजन शर्माले रु पाँच लाख राशिको अक्षय कोष स्थापना गर्ने घोषणा गर्नुभएको छ ।

दिवसको अवसरमा नेपालको योग विस्तार तथा प्रवद्र्धनका लागि सो अक्षयकोष स्थापना भएको हो ।

अनलाइन विश्व भेलामार्फत् सहभागितामा घोषणा गरिएको हो । यसको हकदार सम्पूर्ण नेपालप्रेमी योगीजन रहने अक्षयकोषका संरक्षक योगी आचार्य राजनले जानकारी दिनुभयो । डा विकासानन्द योगी, डा चिन्तामणि योगी, डा क्षितिज बाराकोटी, ललितशङ्कर योगी लगायत व्यक्तित्व कोषको सल्लाहकारमा रहनु भएको छ ।

सोही अवसरमा समाजले योग क्षेत्रमा योगदान पुर्याउंने विभिन्न व्यक्तिलाई विश्व योग राजदूतको रुपमा सम्मान गरेको छ । विश्व शान्ति योग राजदूत घोषणा हुनेमा रामजी अधिकारी (मानव सेवा आश्रम), भागवत मञ्जरी राधिका दासी (माया घर), पार्वती पहाडी (अष्ट्रेलिया), बटुक विष्ट ९अमेरिका०, राजन लोहनी (कतार), होम गौतम (नेपाल) लगायत हुनुहुन्छ ।

दिवसकै अवसरमा योग शिक्षक प्रशिक्षणमा सहभागी कान्छा योगी १२ वर्षका प्रिन्स न्यौपाने, ९५ वर्षकी योग साधिका नरमाया निरौला र सपरिवार अन्तर्राष्ट्रिय योग शिक्षक परीक्षामा उत्तीर्ण योगी तारानिधि पन्त परिवारलाई यस वर्षको दश/दश हजार राशिको पुरस्कारले सम्मान गरिएको छ ।

कोष विस्तारित हुँदै जाने समाजका नेपाल संयोजक दीर्घराज गिरीले बताउनुभयो । विश्वस्तरको योग शिक्षक प्रशिक्षण निःशुल्क गर्दै आइरहेकोे अभियानले नेपाललाई विश्व योग गुरु र गन्तव्यको देश बनाउंने अभियान थालेको छ । हालसम्म एक हजार ६०० जनालाई यो अभियानले मान्यता प्राप्त योग शिक्षक र जनशक्ति तयार पारिसकेको छ ।

विभिन्न देशमा मानवता, सकारात्मक सोच, योग, ध्यान पूर्वीय दर्शनमा रहेको विज्ञान प्रवद्र्धन गर्दै लाखौँलाई सञ्जालमा गासेको समाजले जनाएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको छ ।

प्राचीनकालमा योग, ध्यान र आयुर्वेदका माध्यमबाट मानसिक शान्ति एवं स्थिरता र आरोग्यताको प्राप्ति हुन्थ्यो । आधुनिक युगको प्रभावमा यसलाई चटक्क बिर्सिएका नेपाली युरोप र अमेरिकामा उपचार र सुख शान्तिका लागि बढी प्रयोगमा आउन थालेपछि योगतिर आकर्षित हुन थालेका हुन् । समाज अष्ट्रेलियामा दर्ता रहेको छ ।

नेपाली योगी तथा सकारात्मक सोचका अभियानकर्मीबाट अस्ट्रेलियाको राष्ट्रिय कानुन अनुसार ११ वर्षअघि दर्ता भएको यो अभियानमा विश्वभरका नव चिन्तक तथा जीवन रुपान्तरणका अगुवा चिन्तक जोडिएका छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button