तपाईँ सुन्दै हुनुहुन्छः

सूनचाँदीको व्यवसाय गर्ने साहको डेरामा चोरी

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकामा चोरी भएको छ । गए राति विदेह नगरपालिका वडा नं ३ चिकनाका सगम लालको घरमा डेरा गरी बस्ने सून चाँदी व्यवसायी विजय साहको घरमा चोरी भएको प्रहरीले जनाएको छ ।

डाकाले २ लाख नगद, तीन तोला सुन र ४० तोला चाँदी गरी पाँच लाखभन्दा बढीको लुटपाट गरी डाँका फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

घटनाको  विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो ।

जनकपुर घर भएका साह चिकनामा डेरा गरी बसेर विदेह नगरपालिकाको तीनकौरिया बजारमा सून चाँदीको पसल सञ्चालन गर्दै आएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button