तपाईँ सुन्दै हुनुहुन्छः

कटुवा पस्तोलसहित एक युवक पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले जनकपुरधामबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं १९ स्थित ५२ बिगाहा जाने बाटोबाट लक्ष्मिनियाँ गाउँपालिका वडा नंं १ बस्ने वर्ष २५ का विवेक यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले यादवको साथबाट दुई थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने दुई वटा गोली बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले जानकारी दिनुभयो ।

हतियार ओसार पसार गरिरहेको गोप्य सूचनाको आधारमा यादवलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरीले टोलीले नियन्त्रणमा लिएको प्रहरीका प्रवक्ता समेत रहनु भएका प्रहरी नायव उपरीक्षक मिश्रले जानकारी दिनुभयो ।

पक्राउ परेका यादव माथि हातहतियार तथा खरखजाना अन्तर्गत मुद्दा चलाइने जनाउँदै अन्य विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button