स्कुल जाँदै गर्दा टिपरको ठक्करबाट घाइते छात्राको उपचारका क्रममा मृत्यु

भद्रपुर, झापा । स्कुल जाँदै गर्दा टिपरको ठक्करले भएकी झापा मेचीनगर–१३ की १८ वर्षीया अन्सु सिवाकोटीको मृत्यु भएको छ ।
बिर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत शिवाकोटी र स्थानीय राहुल बस्नेतलाई तीव्र गतिमा आएको मे १ ख २५१५ नं. को टिपरले मङ्गलवार बिहान चारआली चोकबाट सय मिटर दक्षिण चारआली–चन्द्रगढी सडक खण्डमा ठक्कर दिएको थियो ।
घाइते सिवाकोटीको आज बिहान उपचारकै क्रममा बिर्तामोडको बीएन्डसी हस्पिटलमा निधन भएको प्रहरीले जनाएको छ ।
टिपरको ठक्करले घाइते अर्का विद्यार्थी १८ वर्षीय राहुल बस्नेतको सोही हस्पिटलमा उपचार भइरहेको छ ।
मङ्गलवार बिहान ५ः२५ बजेतिर स्कुल जना दुवै जना पैदल यात्रा गरिरहेको अवस्थामा टिपरले ठक्कर दिएको थियो ।
दुर्घटनामा संलग्न टिपर र त्यसका चालक भद्रपुर–९ का ३२ वर्षीय सुमन ओझालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको डीएसपी राकेश थापाले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्