बिहान र साँझ दमौली बजारमा मालवाहक सवारी प्रवेश निषेध

तनहुँ । तनहुँको सदरमुकाम एवं व्यास नगरपालिकामा पर्ने दमौली बजारमा बिहान र साँझ हेवी तथा मालबाहक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको छ ।
बिहान ९ बजे देखि १०ः१५ बजेसम्म र बेलुका(साँझ) ३ः३० देखि ५ बजेसम्म मालबहाक सवारी प्रवेश निषेध गर्ने निर्णय गरिएको हो ।
उक्त समयमा कार्यालय, विद्यालय लगाएतको समय हुने भएकाले मालबहाक सवारीलाई बजार प्रवेशमा निषेध गरिएको एकाईले जनाएको छ ।
मंगलबार तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाईको आयोजना र जिल्ला ट्राफिक कार्यालय तनहुँको सहआयोजनामा व्यवसायीहरु संग छलफलमा उक्त निर्णय गरिएको एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले बताउनुभयो ।
कार्यालय समय लागु तथा तत् सम्बन्धि सचेतना कार्यक्रमबाट उक्त निर्णय गरिएको सभापति श्रेष्ठले बताउनुभयो । दमौली बजारलाई भिडभाड रहित बनाउन उक्त निर्णय गरेको सभापति श्रेष्ठले बताउनुभयो ।
उक्त कार्यक्रममा ट्राफिक व्यवस्थापनमा नमुना व्यासनगर बनाउन लागी परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले बताउनुभयो । ‘नमुना बनाउन लागि परेका छौं ‘ प्रमुख रानाभाटले भन्नुभयो ‘यसका लागी सबैको साथ र सहयोग आवश्य रहन्छ ।’ उनले अगाडी थपे ‘व्यवसायीको व्यवसाय नै धरापमा पार्ने उद्धेश्य हाम्रो छैन ।’
विद्यार्थीलाई ट्राफिक नियम बारे सचेतना दिनुपर्ने व्यास नगरपालिकाका शिक्षा शाखा प्रमुख नरेन्द्र रेग्मीले बताउनुभयो । चालक र सहचालकलाई पनि ट्राफिक नियम संगै नयाँ निर्णय बारे जानकारी दिनुपर्ने अधिकृत विक्रेता संघ तनहुँका अध्यक्ष तिल बहादुर थापाले बताउनुभयो ।
ट्राफिकको सिठ्ठी सुनेर झिझ्यारो नमान्न प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले बताउनुभयो । उहाँले भन्नुभयो ‘गल्ति भए चालक आफैले महसुस गर्नुपर्छ ।’ उक्त कार्यक्रममा व्यास(२ का वडा अध्यक्ष काशीराम श्रेष्ठ, नेपाल उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य देवकुमार श्रेष्ठ लगाएतले बोल्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्