तपाईँ सुन्दै हुनुहुन्छः

जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्ति पक्राउ

दाङ । दाङमा जवरजस्ती करणी गर्न खोजेको आरोपमा एक ब्यक्तिलाई पक्राउ गरिएको छ ।

 ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दंगीशरण गाउँपालिका–७ श्रीगाउँ निबासी ३० बर्षीय हरि देवकोटालाई पक्राउ गरिएको हो ।

उनले माघ ३ गते राति ७ बजेतिर एक महिलामाथि जबरजस्ती करणी गर्न खोजेको भनी उजुरी परेकाले अनुसन्धानकालागि पक्राउ गरिएको प्रहरीले बताएको छ । मापसे गरेर ति महिलामाथि हातपात गर्नुका साथै संवेदनशील अंगमा छोएको भन्दै उजुरी परेपछि पक्राउ गरिएको हो ।
करणीको प्रयास गरेपछि महिलाले घरभित्र थुनेर प्रहरीलाई बोलाएपछि नियन्त्रणमा लिईएको हो । देवकोटालाई  जबरजस्ती करणी उद्योगमा मुद्दा चलाइएको छ

प्रतिक्रिया राख्नुहोस्

Back to top button