‘चक्रपथ विस्तारमा अनुचित माग र अर्घेल्याँइ स्वीकार्य हुन्न’

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौं चक्रपथ विस्तार आयोजनाको विस्तारका क्रममा अनुचित माग र अर्घेल्याँइ स्वीकार्य नहुने बताउनुभएको छ ।
आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित समस्या समाधानका लागि अन्तर मन्त्रालय, प्रदेश, स्थानीय तहबीचको समन्वयात्मक बैठकमा उपप्रधानमन्त्री पोखरेलले राज्यले लिएको नीति र योजनामा सब निकायबीच समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङले चक्रपथ विस्तार निर्माणका क्रममा देखापरेका समस्या सुल्झाउदैं लैजानुुपर्ने बताउनुभयो ।
बैठकमा कलंकीदेखि धोबीखोलासम्मको ११ दशमलव ६ किलोमिटर सडकको निर्माणका क्रममा महाराजगन्ज र स्वयम्भू क्षेत्रमा समस्या देखा परेपछि उपप्रधानमन्त्री पोखरेलले भौतिक मन्त्रालय, भूमिसुधार मन्त्रालय, पुरातत्व विभाग, काठमाडौं महानगर, सड्क क्षेत्रमा पर्ने स्थानीय तहका जननिर्वाचित अधिकारी लगायतका पदाधिकारीहरुलाई दोस्रो पटक बोलाएर छलफल गर्नुभएको हो ।








प्रतिक्रिया राख्नुहोस्