तपाईँ सुन्दै हुनुहुन्छः

अपाङ्गताको परिचय पत्र वितरणका लागि घुम्ती शिविर कार्यक्रम सञ्चालन

वीरगंज । पर्साको जिराभवानी गाउँपालिकाले आजदेखि अपाङ्गताको परिचय पत्र वितरणका लागि घुम्ती शिविर कार्यक्रम शुरु गरेको छ ।
आजबाट जिराभवानी गाउँपालिकाका उपाध्यक्ष उषा देवी थरुनीको संयोजकत्वमा वडा नं १ स्थित महादेवपटी स्वास्थ्य चौकीमा अपाङ्गता पत्र वितरण शुरु गरिएको हो । उपाध्यक्ष थरुनीले साहिल काजी थारुलाई पहिलो परिचय पत्र वितरण गर्नु भई कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
गाउँपालिकाले निर्माण गरेका अपाङ्गता सम्बन्धी ऐन, २०७७ बमोजिम पूर्ण अशक्त अपाङ्गता, अति अशक्त अपाङ्गता, मध्यम अपाङ्गता र साधारण अपाङ्गता गरी चार किसिमको परिचय पत्र वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बताउनुभयो ।
गाउँपालिका अन्तर्गतका कुनै पनि अपाङ्गले राज्यको सेवाबाट वञ्चित नहोस् भनी प्रत्येक वडामा यो शिविर सञ्चालन हुने अधिकृत मेहताले बताउनुभयो ।
यस शिविरमा डा दीपेन्द्र कुमार मण्डल, डा मृगेन्द्र सिंह यादव, दिपिका सिंह र रोशनी आचार्यले अपाङ्गहरूको स्वास्थ्य परीक्षण गरी अपाङ्गताको वर्गीकरणको सिफारिस गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button