तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेशको पहिलो जित

काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसिय क्रिकेट प्रतियोगितामा ऐतिहासिक जित निकालेको छ । कर्णालीले मंगलबार गण्डकीलाई ५ विकेटले हराउदै प्रधानमन्त्री कपमा पहिलो जित निकालेका हो ।

जितका लागि २ सय ५ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

त्यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको गण्डकी ४२.३ ओभरमा २ सय ४ रनमा अल आउट भएको थियो । कर्णाली पहिलो खेलमा आर्मीसँग ८० रनको फराकिलो अन्तरले पराजित भएको थियो ।

गण्डकी पहिलो खेलमा आर्मीसँग ९८ रनले पराजित भएको थियो । गण्डकीले दोस्रो खेलमा प्रदेश एक लाई २ विकेटले हराएको थियो । गण्डकीले आफ्नो अन्तिम खेल एपीएफसँग माघ ८ मा मुलपानीमा खेल्ने छ । कर्णालीले तेस्रो खेलमा माघ ९ मा टियुमा खेल्ने छ ।

दास्रो खेलका समूह बी बाट लुम्बिनी प्रदेशले आफ्नो पहिलो खेलमै जित हासिल गरेको छ । लुम्बिनीले प्रदेश २ माथि ७७ रनको जित निकालेको हो ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ५७ रन बनायो । २ सय ५८ रनको लक्ष्य पछ्याएको २ नम्बर प्रदेश ४२.२ ओभरमा १८० रनमा समेटियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button