तपाईँ सुन्दै हुनुहुन्छः

ट्याक्टर दुर्घटना एकको मृत्यु, ५ घाइते

डडेलधुरा । डडेलधुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मङ्गलवार दिउँसो पौने ३ बजेतिर जिल्लाको अमरगढी नगरपालिका वडा नं. २ कुस्मालीमा ट्याक्टर दुर्घटना भएको हो ।
दुर्घटनामा सोही ठाउँका ३५ वर्षीय गणेशबहादुर ऐरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । घाइते हुनेमा अमरगढी–२ का ३५ वर्षीय सरेश भट्ट, सोही ठाउँका ३२ वर्षीय तीर्थ केसी, ५० वर्षीय दलबहादुर थापा र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका –६ कञ्चनपुरका ४० वर्षीय रामभरोसा राना रहेको प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभएको छ ।
घाइतेहरूको उद्धार गरी डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ । जिल्ला सदरमुकामबाट कुस्माली गाउँ जाँदै गरेको से १ त ३८१३ नम्बरको ट्याक्टर ओरालो कच्ची सडकबाट केही तल खसेको थियो । दुर्घटनाको कारण भने अहिले खुलेको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button